विद्युतका तार अन्डरग्राउन्ड हुन्छ – मेयर शाह
२९ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन्।
आइतबार बसेको कार्यपालिकाको बैठकमा मेयर शाहले सडक, विद्युत र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको उनले जानकारी दिए। विद्युत् प्राधिकरणका तर्फबाट तार अन्डरग्राउन्ड गरिने प्रतिबद्धता आएको उनले बताए।
उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए।