आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ३० २०७९
3.5K
SHARES
३० जेठ काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि वरिष्ठता मिचेको भन्दै १६ महिना सिनियर एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुईपटक सुनुवाइ भइसकेको छ ।
अन्तिम सुनुवाइका लागि सोमबारको मिति तोकिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखेपछि अब इजलास परिवर्तन नगरी मुद्दाको सुनुवाइ हुने भएको छ । अर्को सुनवाइका लागि असार ५ गतेको मिति तोकिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट