पहिरो जान लागेको कसरी थाहा पाउने ? यस्ता हुन्छन् संकेत


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
7K
SHARES

२ असार काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।

त्यसैले पहिरोको जोखिम कम गर्न सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने जनाएको छ ।

पहिरो जानु अघि यसका पूर्व संकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । “जमीनमा चिरा परेको देखिनु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बाङ्गो देखिन्छ,” प्राधिकरणले भनेको छ, “पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्व संकेत हुन् ।”

भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुङ्गा माटो खस्न थाल्नु पहिरोको पूर्व संकेत भएको प्राधिकरणले जनाएको छ । यस्ता संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ सर्नु पर्ने र उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नु पर्ने प्राधिकरणले जनाएको छ । स्थानीय निकायलाई खबर गरेर सहयोग गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।