पोखराको सुइखेत डुबानमा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ११ २०७९
3.2K
SHARES

११ असार पोखरा । वर्षातका कारण गएराति २ बजे पहिरो जाँदा पोखरा २५ स्थित सुइखेत डुबानमा परेको छ । राति नै चार सयजनाको उद्दार गरिएको छ । कास्की प्रहरी प्रमुख रमेश थापाका अनुसार १५० घरका चार सयजनालाई उद्दार गरिएको हो ।

उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । मानवीय क्षति नभए पनि बाख्रासहितको टहरो पहिरोले पुरेको छ ।

शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको थियो । यस्तै अर्मलामा पहिरोले एउटा घर बगाएको छ ।