यी नदीमा बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
2K
SHARES

१४ असार काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तमोर, सुनकोसी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

चुरे र तराई भूभाग भई बहने अधिकांश साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । सो क्षेत्र भई बहने साना नदीहरूका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिनसम्म प्रमुख नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, तेहथुम, भोजपुर, खोटाङ, मधेस प्रदेशका सबै जिल्लाहरू, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा, पर्वत, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, सुर्खेत, कैलाली, डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।