यी नदीमा आज बहाव उल्लेख्य बढ्ने
१९ असार काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दूधकोसी, तामाकोसी, सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ । यस्तै, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, भेरी, महाकाली, वाग्मती पधेरादोभान र पश्चिम राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।
आज भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्की, लमजुङ, रुकुम पूर्व, रोल्पा, जाजरकोट र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।