रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु
२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले भने, ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको सूचना आएको छ ।’घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन् ।