बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २१ २०७९
3.2K
SHARES
२१ असार काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ ।
संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले ४ अर्बले मात्र वृद्धि गर्दै ४३ खर्ब ९८ अर्ब संकलन गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट