रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
3.1K
SHARES

२१ असार काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ।  सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले नेपालखबरलाई जानकारी दिएअनुुसार दुर्घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको छ।

‘उपचारका लागि उद्धार गरेर लगिएका तीन जनाको पनि मृत्यु भएको सूचना मैले पाएको छु’, उनले भनिन्घाइतेहरुको उद्धारका लागि सुनापति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहितको टोली दुर्घटनास्थल पुगेको छ।  मृतकको संख्या बढ्न सक्ने बताइएको छ। बस नम्बर, घाइतेलगायत विस्तृत विवरण आउन बाँकी छ।