यी क्षेत्रका नदीमा आज बहाव बढ्ने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २८ २०७९
5.7K
SHARES
२८ असार काठमाडौं । देशका केही साना नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बागलुङ, कास्की, लमजुङ, गोरखा, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, बैतडी, दार्चुला, बझाङ, बाजुरा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सामान्य घटबढ हुनेछ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीतटीय क्षेत्रहरूका क्रियाकलाप सामान्य सतर्कतासाथ गर्न सकिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट