४ असार एजेन्सी। ईरान भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीकाले सिरीयाली जनता र राज्यको तेल लुटिरहको र त्यो रोकिनु पर्ने बताएका छन् । ईरानका राष्ट्रपति ईब्राहिम रेईसी र टर्कीका राष्ट्रपति एदोआनसँगको सँयुक्त वार्तापछि पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।
सिरीयामा मानवीय संकट आउनुमा मुख्य जिम्मेवार अमेरीका रहेको पनि पुटिनको आरोप छ । अमेरीकाले सिरीयाको खास गरी ईयु फ्रेटसको नदी किनारबाट आफ्नो सेना फिर्ता गर्नु पर्ने र अवैधानिक रुपले तेलको डकैती र विक्री रोक्नु पर्ने पुटिनले चेतावनी दिए । यो मुद्धामा रुस, टर्की र ईरानको साझा दृष्टिकोण रहेको पनि उनले बताए ।
तीनै देशका राष्ट्रपतिले सिरीयामा सैन्य अप्रेसनबाट समाधान नहुने र अमेरीकाले प्रतिवन्ध हटाउनु पर्ने पनि माग गरेका छन् ।
खास गरी उत्तरपूर्वी सिरियामा अमेरीकी समर्थनमा रहेको बिद्रोही समुहले नियन्त्रणमा लिएको ईलाकाबाट अमेरीकाले अवैधानिक रुपमा तेल चोरी गरेको तीन देशको ठहर छ ।