भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ८ २०७९
2.8K
SHARES

 

८ साउन गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले भीमसेन थापाको जन्मजयन्तीको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिए ।

सार्वजनिक बिदाको दिन पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने उनले बताए । जन्मजयन्तीको अबसरमा साउन ९ गते राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको उनले बताए।