राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ९ २०७९
2.9K
SHARES

९ साउन काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।