सेयर बजारको वृद्धिमा ब्रेक, ४४ अंकले घट्यो
१० साउन काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रामा ब्रेक लागेको छ । गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो ।
यसका साथै, लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ७८ अंक, अन्य समूह ५७ अंकले घटेका छन् । यी बाहेक अन्य समूहमा समेत उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ अंकले खुम्चिएको दिन आज मल्टिप्रपोज वित्त कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।