इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
2.1K
SHARES

११ साउन काठमाडौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गर्नुभयो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन ।सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ