तारकेश्वरमा ४ जना मृतावस्थामा फेला
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १६ २०७९
2K
SHARES
१६ साउन काठमाडौं। राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् । मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट