सन्राइज बैंकले सुरु गर्यो NEPALPAY QR को सेवा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
2.4K
SHARES

१८ साउन काठमाडौ । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं”भन्ने मुलमन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंकले National Payment Switch अन्तर्गत NEPALPAY QR लाई आफ्नो मोबाइल बैंकिङ्गएप्लीकेसन सन्राइज स्मार्टमाएकीकृत गरेको छ । हिजो बैंकको केन्द्रीयकार्यालयमाभएको एक कार्यक्रम बिच बैंककानायवमहाप्रबन्धक रविन नेपालतथा नेपालक्लीयरिङ्ग हाउस लि.का प्रमुखकार्यकारी अधिकृत निलेस मान सिं प्रधानले सँयुक्त रुपमा यो सेवाको शुभारम्भ गर्नुभयो । सन्राइज बैंककाग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ्ग एपप्रयोग गरी  NEPALPAY QR हरुमा सजिलै झुक्तानिगर्न सक्नुहुनेछ । साथै, सन्राइज बैंकमार्फत  QR  भुक्तानी सेवालिएकावालिनचाहने ब्यावसायीहरुले NEPALPAY QR standee प्राप्तगर्न पनि सक्नुहुनेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुयाउने उद्धेश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (POS तथा QR), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवाप्रदानगर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमापनि अग्रणी रहेको छ ।