खुला नारायणगढ–मुग्लिन सडक


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
1.9K
SHARES

१८ साउन काठमाडौ । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ ।  चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो ।

सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए ।
आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो खुला हुने तामाङले बताए ।  लेदोसहित खसेको पहिरोमा एउटा भारतीय ट्रक फसेको थियो । सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ ।