कुमारी बैंक : एक बर्षमा कमायो तीन अर्ब बढी नाफा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
2.5K
SHARES

१८ साउन काठमाडौ । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

 

 

यसमा तपाइको प्रतिक्रिया