मुम्बई उड्न लागेको जहाज काठमाडौंमै रोकियो, एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
2.3K
SHARES

१८ साउन काठमाडौं । १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालिएको छ । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको छ । उक्त जहाजबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको पहिचान खलाइएको छैन । अपराधिक गतिविधिमा आवद्ध रहेको कैलाली प्रहरीको सूचनापछि उनलाई नियन्त्रणमा लिइएको हो ।

जहाजमा बसिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो ।  नेपाल प्रहरीका एकजना एआईजीका अनुसार उनी चोरीको घटनामा जोडिएका व्यक्ति हुन् ।