श्री एयरको जहाज नेपालगन्जमा आपतकालीन अवतरण


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १९ २०७९
2.6K
SHARES

१९ साउन काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो । ९ बजेर १५ मिनेटमा उड्नुपर्ने जहाज ९ः४५ मा उडेको थियो ।

जहाजमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको थियो । श्री एयरका प्रवक्ता अनिल मानन्धरले जहाजमा प्राविधिक समस्या देखिएपछि अवतरण गर्नुपरेको बताए । उनले अहिले चेकजाँच भइरहेको बताए ।