यी नदीमा आज बहाव उल्लेख्य बढ्ने
२२ साउन काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरूको जलसतह सामान्य घटबढ हुनेछ । तर, बहाव सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।