यी क्षेत्रमा वर्षाको सम्भावना


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९
3K
SHARES

२४ साउन काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ। अहिले सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज मंगलबार दिउँसो देशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको पहाडी भू-भागका पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको छ।