काठमाण्डौँमा नदीहरुको बहाब बढेर विभिन्न बस्ती डुवानमा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २५ २०७९
2.1K
SHARES

२५ साउन काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाण्डौँ र भक्तपुरको बागमती र मनोहरा खोला किनारका दर्जनौँ सुकुम्वासी बस्तीहरु डुबानमा परेको छ ।

मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ । बस्ती डुबानमा परेका विभिन्न ठाँउबाट मानिसहरुलाई राति नै उद्धार गरिएको थियो ।