महानगरपालिकाले काठमाडौं मल अगाडिको संरचना हटायो
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र ८ २०७९
3.7K
SHARES
८ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनधिकृत संरचना भत्काउन बुधबार डोजरको प्रयोग गरेको छ । भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना भत्काइएको महानगर नगर प्रहरी बलका प्रमुख एवं प्रहरी नायब निरीक्षक राजुनाथ पाण्डेले बताए ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीको उपस्थितिमा संरचना भत्काइएको हो ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलअगाडि अनधिकृत रूपमा बनाइएका संरचना हटाएर खाली गराउने काम भइरहेको एसपी पाण्डेले जानकारी दिए । सुन्धारा क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाइने महानगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट