रुस बिरुद्ध लड्दै युक्रेनःएकै दिन १२ सय सैनिकको मृत्यु
१५ भदौ एजेन्सी । सन् २०१४ को मैदान क्रान्ति अमेरीकी गुप्तचर एजेन्सी सिआईएको डिजाईनमा भएको थियो । यो विद्रोहपछि भिकटर यान्कोभिचको सत्ता गुमेको थियो । यो विद्रोहलाई मध्यनजर गर्दै रुसले क्रिमियामा हस्तक्षेप गरी जनमत संग्रह मार्फत रुसमा बिलय गरायो ।
त्यति बेला देखि नै युक्रेनमा रुस बिरुद्ध अभियान अमेरीकी ब्लुप्रिन्टका आधारमा भएको थियो ।
अहिले आर्थिक र भौतिक रुपमा पनि क्षतिग्रस्त भएको युक्रेनले वार्ता र सम्झौताको साटो प्रत्याक्रमण गरेर रुसलाई खेद्ने र गुमेको भुभाग फिर्ता ल्याउने अमेरीकी डिजाईन अनुसार नै लडिरहेको छ ।
अहिले अमेरीकाले यो युद्ध शुरु भएको ६ महिनाको अवधिमै अर्बौ डलरको अत्याधुनिक हतियार, मिसाईल र तालिम दिएको छ । त्यसै गरी नेटो देशहरुले पनि हतियार र पैसा दिईरहेका छन् । तर पनि रुसी सेनालाई पछि धकेल्नुको साटो ठूलो क्षति युक्रेनले व्यहोरीरहेको छ । अगष्ट महिनामा युक्रेनले दक्षिणी युक्रेनलाई फिर्ता ल्याउने अठोट गरेर प्रत्याक्रमण गरीरहेको छ । तर यो उसैलाई प्रत्युत्पादक बनिरहेको छ ।
एकै दिनमा रुसले ४८ टंयाक, ४६ सैन्य वाहन लगायत दर्जनौ गाडीहरु, युक्रेनका पक्षमा लड्ने विदेशी लडाकुहरु समेत मारिएको रुसी रक्षा मन्त्रालयले दावी गरेको छ । यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्सकीले युक्रेनले प्रत्याक्रमण शुरु गरेको भन्दै युक्रेनी भुभाग खाली गरेर हिँड्न रुसी सेनालाई चेतावनी दिएका छन् ।