भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
2.5K
SHARES

१९ भदौ काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउने तय भएकाे बताइएकाे छ।

भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ।

यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायत देशका उच्च पदस्त व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।