आज इन्द्रजात्रा मनाइँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९
2.6K
SHARES

२४ भदौ काठमाडौं । काठमाडौं उपत्यकासहित केही जिल्लामा विभिन्न कार्यक्रम गरेर आज इन्द्रजात्रा पर्व मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रूपमा मनाउने परम्परा छ । इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र दोलखालगायत जिल्लामा मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

आजकै दिन भगवान् विष्णुको पूजाअर्चना गरी अनन्त चतुर्दशी पनि मनाउने गरिन्छ ।