लास्कुमा बाढी : दुईजना बेपत्ता, १४ घर बगायो


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २५ २०७९
2.6K
SHARES

२५ भदौ काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी र पहिरोमा परेर केही वेपत्ता भएका छन् । लास्कु खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले हालसम्म दुईजना बेपत्ता भएको जानकारी आएको बताएका छन् ।

“एकजना बाढीले घर बगाएर र एकजना पहिरोले घर पुरेर बेपत्ता भएको भन्नेछ,” उनले बाह्रखरीसँग भने, “अरू केकति मिसिङ र क्षति भएको भन्नेबारे हामी जानकारी लिइरहेका छौं ।”

बाढीका कारण १४ वटा घर बगाएको उनले जानकारी दिए । अहिले पानी पर्ने क्रम केही घटेको र उद्धार कार्य सुरु भएको उनको भनाइ छ ।