सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २७ २०७९
2.5K
SHARES
२७ भदौ वीरगञ्ज । सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रकका चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने ३७ वर्षीय ललित चौधरीलाई पक्रेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट