आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १ २०७९
2.9K
SHARES

१ असोज काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैँमा काठमाडौंबाट घर फर्किने यात्रुलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर, सुन्धारा र कलंकीलगायत टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको छ ।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार तथा छटलाई लक्षित गरी राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

आफूलाई अफ्ठ्यारो परेका वा अलमल परेका यात्रुले सहायता कक्षबाट सहयोग तथा जानकारी लिन सक्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।