सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी
१० असोज काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।
क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका बेला बलात्कारको आरोप लागेका सन्दीप हालसमम नेपाल बाहिर नै छन् ।