बारा बस दुर्घटना : अहिलेसम्म १२ जनाको सनाखत


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २० २०७९
2.7K
SHARES

२० असोज मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।