एक बसमा आगलागी हुदॅा १७ यात्रुको मृत्यु
२७ असोज एजेन्सी। पाकिस्तानमा बसमा आगलागी हुँदा १७ यात्रुको जलेर मृत्यु भएको छ। मिडिया रिपोर्टका अनुसार पाकिस्तानको सिन्ध जिल्लामा एउटा बसमा अचानक आगलागी हुँदा बसमा सवार १७ जना जिउँदै जलेका हुन्।
यो घटना कराँचीबाट ९० किलोमिटर टाढा रहेको नूरियााबाद सहरमा बुधबार भएको हो। बुधबार साँझ नूरियााबाद नजिकै राजमार्गमा खैरपुर नाथन शाह क्षेत्रमा जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र २० जना
घाइते भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा मृत्यु हुनेमा आठ बालबालिका समेत रहेका छन्।