सिरहामा ट्रकले ठक्कर दिँदा बस पल्टियो, ३० यात्री घाइते


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
2.6K
SHARES

३ कार्तिक सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वामा बिहीबार बिहान बस पल्टिँदा ३० यात्री घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको ट्रकले ना७ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि बस पल्टिँदा त्यसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

योगदान राष्ट्रका लागि नामक संस्थाको हेटौँडामा भएको साधारणसभा सकेर फर्कने क्रममा दुर्घटना भएको संस्थाका मोरङ अध्यक्ष सञ्जय ढकालले जानकारी दिए ।