भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
7.1K
SHARES

२० कार्तिक काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय  पुण्यबहादुर बोहोरा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहोराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।  काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो ।  ठक्कर दिएर फरार रहेका सवारी चालकको खोजी भइरहेको छ ।