यस कारण जुकरबर्गले मागे माफी


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९
2K
SHARES

२४ कार्तिक न्युयोर्क। फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो।

विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन्। मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए।

‘मलाई थाहा छ यो सबैका लागि कठिन छ। म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखेका छन्।