यस्तो रहने छ आजको मौसम


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९
1.9K
SHARES

२९ कार्तिक काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश–१ का हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न पनि आवश्यक सावधानी अपनाउनु पर्नेमा विभागको जोड छ ।