चोलेन्द्रले निलम्बन रहेकै अवस्थामा अवकाश पाउने, महाअभियोग के हुन्छ ?


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९
2.6K
SHARES

२१ मंसिर काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निलम्बन कायम रहेकै अवस्थामा अनिवार्य अवकाश पाउने भएका छन् । अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश पाउन लागेका हुन् ।

सर्वोच्च अदालतका अनुसार २८ मंसिर २०१४ मा जन्मिएका जबरा अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदै छन् । अघिल्लो संसद्ले जबराविरुद्ध महाभियोगको प्रस्ताव अघि सारे पनि टुंगो लागिसकेको छैन ।

अब मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै जबराले अवकाश पाउने भएपछि उनीविरुद्धको महाभियोग प्रस्ताव के हुन्छ भन्नेमा अन्यौल भएको छ ।