तीनजनाको विमान दुर्घटनास्थलबाट जीवितै उद्धार


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १ २०७९
2.5K
SHARES

१ माघ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले  भने, “उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।

जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ ।

आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।