यस कारण बेलायती प्रधानमन्त्रीलाई जरिवाना
७ माघ काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो ।
प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ ले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।