लोकदोहोरी गायक भीम पोडेलको निधन
१३ माघ काठमाडौं । लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो ।
“लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” लोक अध्यक्ष विजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।” पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।