आध्यात्मिक महोत्सव र महायज्ञ हुदै
२२ माघ गोरखा । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाद्वारा स्थापना भएको श्री भीमवीरेश्वर महादेव मन्दिरको पुनस्थापना गर्नको लागि गोरखा शहिद लखन गाँउपालिका नामजुङ्ग बुङ्कोटघाटसङ्ग भावनात्मक तथा विभिन्न महत्वसंग जोडिएका आसपासका क्षेत्र जसमा गोरखाको शहिद लखन गाँउपालिका, गण्डिकि गाँउपालिका, भिमसेन थापा गाँउपालिका र समग्र गोरखा साथै धादिङ्गको ज्वालामुखि गाँउपालिका, त्रिपुरासुन्दरि गाँउपालिका र समग्र धादिङ्गलाइृ जोड्ने पवित्र तिर्थस्थल मस्ते खोला ज्यादुल खोला र बुढिगण्डकि नदिको संगम त्रिवेणिधाममा ज्ञान महायज्ञ सप्ताह हुने भएको छ ।
सम्बन्धित क्षेत्रका हजारौ पितृ तारेको, धार्मिक स्थल, तिथि अनुसार विभिन्न सांस्किृतिक मेला र महोत्सव हुने पर्यटकिय सम्भावना बोकेको यस पुरातात्विक सम्पदा नेपाल सरकारले बुढि गण्डकी जलविधुत आयोजना निर्माण गर्न लागेकोले यो डुवानमा पर्ने सुनिस्चित छ । यसैको स्थान्तरण तथा पुनस्थापना गर्ने उदेश्य अनुरुप आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञका संयोजक सुरेन्द्र थापाले बताउनु भयो ।
यसको इतिहाँसलाई केलाएर अहिलेको पुस्तालाई अवगत गराउन तथा बुढिगण्डकी जलविधुत् आयोजनाले गर्दा डुवानमा पर्ने भएकोले नजिकको उचित स्थानमा स्थान्तरण गर्नको लागि जग्गा खरिद गर्ने लक्ष्य पूरा गर्नका लागि यस क्षेत्रका वासिन्दाहरुले यहि मिति २०७९ फाल्गुण २३ देखि ३० गतेसम्म वाचन प्रविण पडिंत दीनबन्धु पोखरेलद्वरा वाचन गरिने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा भीमविरेश्वर आध्यात्मिक महोत्सव कार्यक्रम आयोजना गरिएको छ ।
यसमा साँस्कृतिक, झाँकी यहाँका भेषभुषा तथा पुरात्त्विक महत्व र श्री भीमवीरेश्वर महादेवको महत्व लगाएतका विषयलाई प्रस्तुत तथा पुनर्जागरण गराउने कार्यक्रम रहेको महायज्ञका संयोजक सुरेन्द्र थापाले बताउनु भयो ।