डाक्टर कुट्ने प्रहरी निलम्बनमा


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २८ २०७९
2.4K
SHARES

२८ माघ काठमाडौ । शुक्रबार चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई चिकित्सकलाई कुटपिट गरेको विषयमा निलम्बन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भवनमा सम्बोधन गरेर फर्किने क्रममा सवारी हुँदा हिँडेको भन्दै गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गरेका थिए ।

त्यसपछि नेपाल चिकित्सक संघले डां सिंहमाथि परिसर भित्रै लाठी चार्ज गरी गम्भीर घाइते बनाएको भन्दै कुटपिटमा संलग्न प्रहरीलाई कारवाही गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।

डा. सिंह शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा रहेको र परिचय पत्र समेत प्रहरीले लाठी चार्ज गरेको थिए ।
लाठी चार्जबाट डां सिंहको टाउकोमा चोट लागेको छ ।