यस कारण म सरकारको इज्जत गर्दिन – मेयर शाह
२५ चैत काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एकपछि अर्को घोषणा गरेका छन् ।शनिबार बिहान पहिलो स्टाटसबाट सिंहदरबारको फोहोर अब नउठाउने घोषणा गरेका उनले पुन अब संघीय सरकारलाई कुनै पनि इज्जत नगर्ने घोषणा गरेका हुन् ।
उनले अर्को अर्को फेसबुक एकाउण्टमार्फत स्टाटस लेख्दै भारत र चीनले बनाएको सरकार भएको टिप्पणी गर्दै कुनै प्रकारको इजत नगर्ने उनले बताएका हुन् ।
त्यस्तै उनले नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन भन्दै खुलमखुल्ला प्रश्न गरेका छन् ।उनले भनेका छन्, ‘इन्डिया र चीनले बनाएको सरकारको कुनै इजत गर्दिन म । नेपाल कहिले स्वाधिन हुने ? आफ्नो अस्थित्व कहिले बनाउने ? लाज लाग्दैन ?’
उनले यसअघि भनेका थिए, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’
प्रमुख शाहको यो घोषणालाई गृहमन्त्रालयले सुकुम्बासी बस्ती हटाउन असहयोग गरेको विषयगँग जोडिएको अनुमान गर्न सकिन्छ । किनकी शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा केन्द्र सरकारबाट महानगरलाई असहयोग गरेको थियो ।यसैको बदलास्वरुप उनले यसखालका अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गरिएको छ ।