अहिले अर्थतन्त्र उत्साहप्रद रुपमा सुधार हुँदै गएको छ – प्रधानमन्त्री दाहाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २८ २०७९
1.3K
SHARES

२८ चैत काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचक सकारात्मकतर्फ अघि बढेको बताएका छन्।  उनले वैदेशिक सञ्चिति बढ्दा ११ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताएका हुन्।

उनले निजी क्षेत्रसँगै अर्थ मन्त्रालय, राष्ट्र बैंकबीच छलफल गरी तरलताको समस्या, राजस्वको समस्या र रेमिट्यान्स सुधार गर्ने विषयमा केन्द्रत भएको बताए।  रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउँदै राजस्व र बैंकका समस्या पनि समाधान हुँदै जाने आशा गरे।

अहिलेको अर्थतन्त्र अप्ठ्यारो पर्नुमा ४ कारण रहेको बताएका छन्। उनले भूकम्प, कोभिड महामारी, रुस–युक्रेन युद्ध र अस्थिर सरकारको कारण अर्थतन्त्र अप्ठ्यारोमा परेको बताए।