हाम्रो कस्तो खतरा पार्टी रहेछ, आलोचना भए अन्याय हुन्छ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९
1.7K
SHARES

२९ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफूहरूले लिएको निर्णयले नयाँ सन्देश दिएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयको पत्रकार सम्मेलनमा सभापति रविले आफूहरूले ठूलो कदम चाल्दा पनि आलोचना भएमा आफूहरूमाथि अन्याय हुने बताए ।

हेर्नुहोस् त, हाम्रो कस्तो खतरा पार्टी रहेछ । नेपालको राजनीतिक इतिहासमा पहिलोपकटक यति चाँडो कारबाही गरेको छ,” रविले भने ।