प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख ८ २०८०
1.6K
SHARES
८ बैशाख काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
टीआरसी विधेयक, संवैधानिक परिषद्लगायतका विषयमा छलफल भइरहेको उनले बताए । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट