मन र मत दुवै फेरिनेवाला छ – स्वर्णिम वाग्ले
१० वैशाख दमौली । राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले यसपालि तनहुँ क्षेत्र नं. १ का मतदाताको मन र मत दुवै विगतको जस्तो नभएको बताएका छन् ।
उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा वाग्लेले मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् ।
नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले परिस्थिति विगतको जस्तो नभएको बताउँदै भने, ‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’