भारी मतान्तरसहित रवि लामिछाने विजयी


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
3.3K
SHARES

१२ बैशाख चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ भन्दा ४३ हजार २५ मत बढी मत ल्याएर लामिछाने विजयी भएका हुन्। लामिछानेले ५४ हजार २ सय ७६ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेका उम्मेदवार जीतनारायण श्रेष्ठले जितनारायण ११ हजार २ सय ५१ मत ल्याएका छन्। नेकपा एमालेका रामप्रसाद न्यौपाने१० हजार ९ सय ३५ मत पाउँदै तेस्रो भए।